झ्याप्ले खोला पहिरो : ज्यान गुमाउने ३५ जनाको परिचय खुल्यो

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै परिचय खुलेको छ । यही असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका ९ झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका १६का ३५ वर्षिय प्रकाश कुँवर, […]

Oct 3, 2024 - 10:01
 0
झ्याप्ले खोला पहिरो : ज्यान गुमाउने ३५ जनाको परिचय खुल्यो

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै परिचय खुलेको छ ।

यही असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका ९ झ्याप्लेखोलामा यात्रुसहित तीन वटा गाडी पुरिएका थिए । त्यसमा परी ४ बालबालिका ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका १६का ३५ वर्षिय प्रकाश कुँवर, बुटवल-१६ कै ३३ वर्षिय अनुप ठकुरी कुँवर, बुटवल-१६ की २९ वर्षिया सृजना कुँवर, देवदह नगरपालिका ४ का ५० वर्षिय रमेश प्रसाद लुइँटेल, अर्घाखाँचीको शितगंगा नगरपालिका ७ का २५ वर्षिय बोमबहादुर खाम्चा, चितवनको रत्ननगर नगरपालिका १२ का ३५ वर्षिय सुमन बजगाईं छन् ।

स्याङ्जाको गल्याङ नगरपालिका ३ की ४५ वर्षिया सिता भट्टराई, सोही स्थानकी दिपिका भट्टराई, गल्याङ-३ कै दिपेश भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका-७ का जुद्धबहादुर रायमाझी, गुल्मीदरबार-७ कै प्रमिता भुसाल, सोही स्थानका कृशव रायमाझी छन् ।

नुवाकोटका साइमन तामाङ, पर्वत कुस्मा नगरपालिका २ की पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त, रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी,  बझाङको जयपृथ्वी नगरपालिका १ का नविन सिंह, चितवनको भरतपुर नगरपालिका २१ की  अनिता थापामगर, मकवानपुर मनहरी नगरपालिका ९ की सन्तु विक, काठमाडौं महानगरपालिका १६ का आनन्द रायमाझी, चितवन खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ, तनहुँ भानु नगरपालिका ३ का जनक कुँवर, चितवनको भरतपुर महानगरपालिका ९ मोहन दास आचार्य छन् ।

यस्तै, काठमाडौंको चन्द्रागिरि नगरपालिका १का नरेन्द्र खत्री, गोरखा भिमसेन गाउँपालिका ४ का मदन परियार, सोही स्थानका विनायक भट्टराई, गोरखा धार्चे गाउँपालिका ७ का सुके दमै, बागलुङ बडिगाड गाउँपालिका २ का इन्द्रजित राना, बागलुङ बडिगाड गाउँपालिका २ का भिम कुमार राना, जुम्ला  सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा, धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ, सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह, सप्तरीको सप्तकोशी नगरपालिका ७ का नन्दप्रसाद किशोर चौधरी र तनहुँको ब्यास नगरपालिका ५ का लेखनाथ ओझा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register