मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालयको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ । भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे […]

Oct 11, 2024 - 09:09
 0
मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमाले केन्द्रीय कार्यालयको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।

भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेकोे जनाए ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो ।

पत्रकारको प्रश्नमा व्यावसायी गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको तथा आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए ।

उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register