बाढीले पुल बगाएको हेवा खोलामा बन्यो फड्के

पाँचथर, १८ असोज । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमावर्ती मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकल तार्न सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी स्थानीय लगायतको सक्रियतामा ५ दिन मा फड्के निर्माण गरिएको हो । मोटरसाइकल सम्म तार्न सकिने गरी बनाइएको फड्केमा आवतजावत गर्न सहज भएको छ ।गत असोज १२ [...] The post बाढीले पुल बगाएको हेवा खोलामा बन्यो फड्के appeared first on Jhapa Online.

Oct 4, 2024 - 04:10
 0
बाढीले पुल बगाएको हेवा खोलामा बन्यो फड्के

पाँचथर, १८ असोज । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमावर्ती मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकल तार्न सुरु गरिएको छ ।

नेपाली सेना, सशस्त्र, प्रहरी स्थानीय लगायतको सक्रियतामा ५ दिन मा फड्के निर्माण गरिएको हो । मोटरसाइकल सम्म तार्न सकिने गरी बनाइएको फड्केमा आवतजावत गर्न सहज भएको छ ।गत असोज १२ गते अविरल वर्ष सँगै आएको बाढीले त्यहाँ अवस्थित बेली ब्रिज बगाएपछी पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो ।

साना तथा ठुला गाडीको लागी ह्युम पाइप आएपछि चाँडै निर्माण गरिने सडक विभागले जनाएको छ । यस्तै फिदिम फालोट सडक खण्डको फेमे खोलाको पक्की मोटरेवल पुल बगाएपछी स्थानीयको सक्रियतामा फड्के निर्माण गरेर पैदल तर्न सकिने भएको छ । मेची राजमार्ग स्थित फिदिम २ रमितेमा गएको पहिरो हाल सम्म पन्छाउन नसकेकोले वैकल्पिक मार्ग फिदिम– नवमिडाँडा – कान्छीदोकानको सडक शुक्रबार साँझ सम्ममा सञ्चालन गरिने फिदिम नगरपालिकाले जनाएको छ ।

The post बाढीले पुल बगाएको हेवा खोलामा बन्यो फड्के appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register