छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

झापा, २९ असोज । सर्लाही र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सर्लाहीको बसबरिया गाउँपालिका–६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका–३ का ३९ वर्षीय भुवनारायण राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर [...] The post छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 15, 2024 - 09:15
 0
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

झापा, २९ असोज । सर्लाही र महोत्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सर्लाहीको बसबरिया गाउँपालिका–६ पोखरीया टोलमा हिरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका–३ का ३९ वर्षीय भुवनारायण राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मंलगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सर्लाहीकै बागमती नगरपालिका–१२ बथानेस्थित सडकमा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र २–०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६० वर्षीय कृष्ण मोक्तानको सोमबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता महोत्तरीको बलवा नगरपालिका–८ बनौटास्थित सडकमा अध्यानपुरबाट जलेश्वरतर्फ आउँदै गरेको बीआर ३० एजी ७२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने २८ वर्षीय तनविर अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

The post छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register