दशैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ । मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको हो । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा […]

Oct 4, 2024 - 06:25
 0
दशैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ । मनकामना केबलकार सेवा दशैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register