बिहे गर्ने भन्दै बोलाएर युवतीको सामूहिक बलात्कार

काठमाडौं । दाङमा १९ वर्षीय एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । गढवा गाउपालिका-५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चार जनाले सामूहिक बलात्कार गरेको पाइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए । घटना असोज १६ गते रातिको हो । ती युवतीलाई सोही स्थानका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने […]

Oct 4, 2024 - 08:21
 0
बिहे गर्ने भन्दै बोलाएर युवतीको सामूहिक बलात्कार

काठमाडौं । दाङमा १९ वर्षीय एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गढवा गाउपालिका-५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चार जनाले सामूहिक बलात्कार गरेको पाइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।

घटना असोज १६ गते रातिको हो । ती युवतीलाई सोही स्थानका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने भन्दै बोलाएका थिए ।

बिहेको आश्वासन पाएर त्यहाँ पुगेकी युवतीलाई चौधरीका अन्य तीन जना साथिले समेत बलात्कार गरेको खुलेको डीएसपी थापाले बताए ।

उनीहरु सबैलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा गढवा-५ मंघरका २४ वर्षिय सन्जित चौधरी, १९ वर्षिय धिरज चौधरी र २१ वर्षिय सन्दिप चौधरी छन् ।

उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register