बीपी राजमार्ग सञ्चालन हुन अझै समय लाग्छ, १२ किलोमिटर बाटै छैन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्ग सञ्चालन हुन अझै केही दिन लाग्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । “बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्,” मन्त्री दाहालले भने, “बीपीमा भने समय लाग्छ । त्यहाँ १२ किलोमिटर बाटोको नामो-निशाना नै छैन […]

Oct 4, 2024 - 08:21
 0
बीपी राजमार्ग सञ्चालन हुन अझै समय लाग्छ, १२ किलोमिटर बाटै छैन : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्ग सञ्चालन हुन अझै केही दिन लाग्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा ब्रिफिङ गर्दै यस्तो बताएका हुन् । “बीपी राजमार्गबाहेक अरु राजमार्गमा चाँडै, केही दिनभित्रै यातायात सञ्चालन हुन्छन्,” मन्त्री दाहालले भने, “बीपीमा भने समय लाग्छ । त्यहाँ १२ किलोमिटर बाटोको नामो-निशाना नै छैन ।”

अगाडि उनले भने, “राजमार्गहरू बनाउनका लागि २० देखि २५ अर्ब पैसा लाग्छ । त्यसमा पनि सबैभन्दा ठूलो पैसा बीपी राजमार्गमै लाग्छ । यो बाटो खोल्नका लागि काम गरेको गरेकै छौँ । बाटो खोल्नका लागि काम भइरहेको छ ।”

अरु राजमार्गमा भने अन्तिम काम भइरहेको उनले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register