दशैंसँगै गुन्जिन थाल्यो झिझियाका गीत

तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो… दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीतहरु गुन्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । मठ मन्दिर र दशैंका लागि बनाइएका […]

Oct 4, 2024 - 10:09
 0
दशैंसँगै गुन्जिन थाल्यो झिझियाका गीत

तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…

दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीतहरु गुन्जिन थालेको छ ।

यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । मठ मन्दिर र दशैंका लागि बनाइएका भव्य पन्डालहरुमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने थालेका छन् ।

मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यसको छुट्टै धार्मिक महत्व छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउँछन्, “दशैंका बेला मसान सिद्धि तथा तन्त्रमन्त्रको अनुष्ठान गरिन्छ । र सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गरिने गरिएको जनविश्वास रहेको छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।”

कापडीले झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्ने बारे जानकारी दिँदै भने, “एउटा वा दुइटा सफा घैंटो किनेर त्यसलाई सफा सुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ । घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । घैंटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन हो । यस्तो प्रदर्शन झिझिया नृत्यमा हुन्छ । तर, टाउकामा राखी नृत्य गर्न‘पूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register