६ दिनदेखि बेपत्ता प्रह्लादको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन 

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट ६ दिनदेखि बेपत्ता रहेका प्रह्लाद महर्जनको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असोज १७ गते बिहान साढे ८ बजे कीर्तिपुर नगरपालिका–७ नयाँ बजार बस्ने ५० वर्षीय प्रह्लाद महर्जन बेपत्ता भएपछि खोजी भइरहेको हो । तिन्सी खोला किनारमा काम गर्नेक्रममा बारीको डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए । उनको […]

Oct 8, 2024 - 10:45
 0
६ दिनदेखि बेपत्ता प्रह्लादको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन 

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट ६ दिनदेखि बेपत्ता रहेका प्रह्लाद महर्जनको खोजी गर्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

असोज १७ गते बिहान साढे ८ बजे कीर्तिपुर नगरपालिका–७ नयाँ बजार बस्ने ५० वर्षीय प्रह्लाद महर्जन बेपत्ता भएपछि खोजी भइरहेको हो ।

तिन्सी खोला किनारमा काम गर्नेक्रममा बारीको डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए ।

उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नबराज अधिकारीले जानकारी दिए ।

असोज १७ गते नै कीर्तिपुर–४ का ६२ वर्षीय सहदेव लामाको ढल खोल्नेक्रममा लडेर मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register