परराष्ट्रमन्त्री आरजू भन्छिन्- हामी नेपाल खत्तमै भयो भन्छौँ, त्यो होइन रहेछ

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाल नेपालीहरूले सोचेजस्तो नभएको जिकिर गरेकी छन् । अमेरिकालगायतका देश भ्रमणबाट शुक्रबार स्वदेश फर्केकी परराष्ट्रमन्त्री आरजूले यस्तो बताएकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनिन्, “हामी राम्रै स्थितिमा छौँ ।” अगाडि उनले भनिन्, “हामी नेपालको स्थिति खत्तमै हो भनेर भन्छौँ तर, त्यस्तो होइन रहेछ । […]

Oct 4, 2024 - 13:45
 0
परराष्ट्रमन्त्री आरजू भन्छिन्- हामी नेपाल खत्तमै भयो भन्छौँ, त्यो होइन रहेछ

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपाल नेपालीहरूले सोचेजस्तो नभएको जिकिर गरेकी छन् ।

अमेरिकालगायतका देश भ्रमणबाट शुक्रबार स्वदेश फर्केकी परराष्ट्रमन्त्री आरजूले यस्तो बताएकी हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनिन्, “हामी राम्रै स्थितिमा छौँ ।”

अगाडि उनले भनिन्, “हामी नेपालको स्थिति खत्तमै हो भनेर भन्छौँ तर, त्यस्तो होइन रहेछ । संयुक्त राष्ट्रसङ्घको जुन दीगो विकासको लक्ष्य छ, त्यसमा हामीले ४७ प्रतिशत लक्ष्य हासिल गरिसकेका रहेछौँ । हामीभन्दा राम्रो देशहरू १७ प्रतिशत मात्रै रहेछन् । बाँकी देशभन्दा हामी राम्रै स्थितिमा छौँ ।”

फरक प्रसङ्गमा उनले संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्ने बताएकी छन् । १५ देशका परराष्ट्रमन्त्रीहरूको बैठकले यो कुरा पारितसमेत गरेको उनले बताइन् ।

“हामी १५ देशका महिला परराष्ट्रमन्त्रीहरूको बैठक बसेको थियो । त्यहाँ मैले नेपालको बारेमा कुराकानी राखेँ, विमर्श राखेँ । त्यस क्रममा संयुक्त राष्ट्रसङ्घको अर्को महासचिव महिला हुनुपर्छ भनेर माग राख्यौँ । त्यो राष्ट्रसङ्घ पनि पुगिसकेको छ,” उनले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register