रविको अगाडि नाराबाजी- सहकारीको पैसा फिर्ता गर !

चितवन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ । शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए । कार्यक्रम सकेर फर्किएका रवि मुग्लिन बजार आइपुगेका थिए, […]

Oct 4, 2024 - 13:45
 0
रविको अगाडि नाराबाजी- सहकारीको पैसा फिर्ता गर !

चितवन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ ।

शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए ।

कार्यक्रम सकेर फर्किएका रवि मुग्लिन बजार आइपुगेका थिए, त्यसैबेला पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

सार्वजनिक सुनुवाइकै क्रममा रविले सहकारीसँग सम्बन्धित धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो ।

यद्यपि, सहकारीसम्बन्धी गठित विशेष संसदीय समितिले भने सहकारी ठग्ने मामिलामा व्यक्तिगत रूपमा रवि दोषी नभएको निष्कर्ष निकालेको छ ।

तर, संस्थागत रूपमा भने उनको दोष देखिएको समितिको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनमा गोर्खा मिडियामा सहकारीको पैसा लाने काममा उनक भूमिका देखिएको छ ।

अझ पक्राउ परिसकेका उनका साझेदार छवि जोशीले त त्यसको मुख्य योजनाकार नै रवि भएको बयान दिएका छन् ।

  • सम्बन्धित समाचार

मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register