बाढीपहिरोका कारण १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढीपहिरोको क्षतिबारे समीक्षा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले क्षतिको समिक्षा गर्दै १४ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो । ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, […]
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढीपहिरोको क्षतिबारे समीक्षा गरेको छ ।
शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले क्षतिको समिक्षा गर्दै १४ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।
ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला जिल्लाहरूलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई सिफारिस गरिएको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
सहसचिव अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरिएको बताए ।
प्रतिक्रिया
What's Your Reaction?