विपद्‌बाट मृत्यु हुनेको सङ्ख्या २३९ पुग्यो

काठमाडौं । असोज १० गतेदेखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या २३९ पुगेको छ । १८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार अझै १७८ जना घाइते छन् । उनीहरूको उपचार भइरहेको छ । हालसम्म बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट १७ हजार […]

Oct 5, 2024 - 04:01
 0
विपद्‌बाट मृत्यु हुनेको सङ्ख्या २३९ पुग्यो

काठमाडौं । असोज १० गतेदेखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या २३९ पुगेको छ ।

१८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार अझै १७८ जना घाइते छन् । उनीहरूको उपचार भइरहेको छ ।

हालसम्म बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register