गर्मीको कारण सेनालाई सास्ती, भारतीय वायुसेनाका ५ को मृत्यु

नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आइएएफको ९२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी […]

Oct 7, 2024 - 18:13
 0
गर्मीको कारण सेनालाई सास्ती, भारतीय वायुसेनाका ५ को मृत्यु

नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।

आइएएफको ९२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए ।

द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भनिन्, ‘आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।’

चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मीबाट पीडित थिए ।

नयाँदिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडिटिभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।

स्थानीय सरकारका चिकित्सा तथा परिवार कल्याणमन्त्री मा सुब्रमण्यमले कार्यक्रममा खानेपानी आपूर्ति, चिकित्सा टोली र भीड नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको बताए । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register