हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो कर्णाली कारिडोर हुम्लाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जीप दुर्घटनामा परेको हो । गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जीप ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक […]

Oct 5, 2024 - 12:09
 0
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो कर्णाली कारिडोर हुम्लाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जीप ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उक्त जीपमा चालकसहित सात जना सवार थिए ।

मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँजा बस्ने वर्ष ४९ वर्षिय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register