भोलिबाट काठमाडौं -रुम्जाटार उडान सुचारु

काठमाडौं ।ओखलढुंगाको रूम्जाटार विमानस्थलमा भोलिदेखि पुनः हवाई सञ्चालन हुने भएको छ । आठ वर्ष देखि हवाइ उडान बन्द भएको विमानस्थालमा यात्रुको माग र आवश्यकतालाई मध्य नजर गर्दै संघीय सांसद रामहरि खतिवडाको पहलमा उडान भर्ने तयारी भइरहेको हो । दशैं अघिबाट सञ्चालनमा ल्याउने उक्त विमानस्थलमा पहिलो फ्लाइट आइतबार हुने छ । सांसद खतिवडाका अनुसार आइतबार समिट […]

Oct 5, 2024 - 12:03
 0
भोलिबाट काठमाडौं -रुम्जाटार उडान सुचारु

काठमाडौं ।
ओखलढुंगाको रूम्जाटार विमानस्थलमा भोलिदेखि पुनः हवाई सञ्चालन हुने भएको छ ।

आठ वर्ष देखि हवाइ उडान बन्द भएको विमानस्थालमा यात्रुको माग र आवश्यकतालाई मध्य नजर गर्दै संघीय सांसद रामहरि खतिवडाको पहलमा उडान भर्ने तयारी भइरहेको हो ।

दशैं अघिबाट सञ्चालनमा ल्याउने उक्त विमानस्थलमा पहिलो फ्लाइट आइतबार हुने छ ।

सांसद खतिवडाका अनुसार आइतबार समिट एअरलाइन्स र बुधबार नेपाल एअरलाइन्सले उडान भर्ने छन् । गत असोज ११ र १२ गते परेको भीषण वर्षा र त्यससँगै आएको बाढीपहिरोका कारण ओखलढुंगा काठमाडौं यात्रा निकै कष्ठकर बनेको छ । दशैंको समयमा सडक यातायातको समस्या तथा स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै निकै लामो प्रयास पछि मन्त्रालय र सम्बन्धीत यएरलाइन्स रुम्जाटारमा विमान पठाउन तयार भएको खतिवडाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register