चचहुई…! दशैँ आयो, खाउँला पिउँला, पिङ्ग खेलौँला… (तस्विरहरु)

काठमाडौँ । दशैँको आगमनसँगै यतिबेला गाउँमा दशैँको चहलपहल र रौनक दुवै बढेको छ । रोजगारी र पढाईको शिलशिलामा विदेश र शहर गएकाहरु दशैँ मनाउन घर फर्किएपछि गाउँमा दशैँको रौनक बढेको हो । त्यसैमाथि गाउँघरका चोक तथा चौतारीमा पिङ्ग राख्न सुरु भएसँगै दशैँको रौनक झनै बढेको छ । दशैँको बेला धर्ती छोड्नुपर्छ भन्ने परम्परागत मान्यताका आधारमा […]

Oct 6, 2024 - 04:29
 0
चचहुई…! दशैँ आयो, खाउँला पिउँला, पिङ्ग खेलौँला… (तस्विरहरु)

काठमाडौँ । दशैँको आगमनसँगै यतिबेला गाउँमा दशैँको चहलपहल र रौनक दुवै बढेको छ । रोजगारी र पढाईको शिलशिलामा विदेश र शहर गएकाहरु दशैँ मनाउन घर फर्किएपछि गाउँमा दशैँको रौनक बढेको हो ।

त्यसैमाथि गाउँघरका चोक तथा चौतारीमा पिङ्ग राख्न सुरु भएसँगै दशैँको रौनक झनै बढेको छ ।

दशैँको बेला धर्ती छोड्नुपर्छ भन्ने परम्परागत मान्यताका आधारमा एकपटक पिङ्ग खेल्नुपर्छ भन्ने मान्यताका साथ खासगरी गाउँघरमा लिंगे पिङ्ग राख्ने र खेल्ने गरिन्छ । यहीबीच काठमाडौँ वरिपरीका डाँडाहरुमा पनि पिङ्ग हाल्न सुरु गरिएको छ ।

खासगरी गोकर्णेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा पिङ्ग हालिएको छ । जहाँ बालबालिकासँगै आन्तरिक पर्यटकहरु रमाउनेगरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register