खाद्यले भित्र्यायो खसीबोका, छुटसहित किलोको ६६० मा बिक्री गरिने (तस्वीरहरु)

जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गर्ने भएको छ

Oct 6, 2024 - 04:37
 0
खाद्यले भित्र्यायो खसीबोका, छुटसहित किलोको ६६० मा बिक्री गरिने (तस्वीरहरु)

काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंको लागि  खसीबोका र  च्याङ्ग्रा भित्र्याएको छ। कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट असोज २० गते आइतबार (आज) देखि बिक्री वितरण सुरु गरेको हो।

कम्पनीले दशैंमा १५०० खसीबोका र  ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ। जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गर्ने भएको छ।

कम्पनीले मकवानपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा काठमाडौँ झिकाएको हो।

तस्वीरहरु:- 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register