‘क्राउडी काठमाडौँ’: न्युरोडमा सपिङ गर्नेको थेगिनसक्नु भीड, व्यापारीलाई भ्याइनभ्याई, ट्राफिकलाई सास्ती ! (तस्विरहरु)

काठमाडौँ । कोरोना र आर्थिक मन्दीका कारण विगतका वर्षमा सुनसान बनेको काठमाडौँको न्युरोडमा यसपालि भने अत्याधिक भीड लागेको छ । एक त सुध्रिएको अर्थतन्त्र र अर्कोतर्फ बाढीपहिरोको विपत्तिका कारण गाउँ जान ठिक्क परेकाहरु पनि काठमाडौँमै रोकिनुपरेपछि यसपालि काठमाडौँको न्युरोडमा सपिङ गर्नेहरुको भीड लागेको हो ।  अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र न्युरोड र इन्द्रचोक क्षेत्रमा किनमेल […]

Oct 6, 2024 - 05:13
 0
‘क्राउडी काठमाडौँ’: न्युरोडमा सपिङ गर्नेको थेगिनसक्नु भीड, व्यापारीलाई भ्याइनभ्याई, ट्राफिकलाई सास्ती ! (तस्विरहरु)

काठमाडौँ । कोरोना र आर्थिक मन्दीका कारण विगतका वर्षमा सुनसान बनेको काठमाडौँको न्युरोडमा यसपालि भने अत्याधिक भीड लागेको छ । एक त सुध्रिएको अर्थतन्त्र र अर्कोतर्फ बाढीपहिरोको विपत्तिका कारण गाउँ जान ठिक्क परेकाहरु पनि काठमाडौँमै रोकिनुपरेपछि यसपालि काठमाडौँको न्युरोडमा सपिङ गर्नेहरुको भीड लागेको हो । 

अहिले काठमाडौँको मुख्य व्यापारिक क्षेत्र न्युरोड र इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेहरुको थेगिनसक्नुको भीड छ । 

किनमेल गर्नेहरुको चाप बढेसँगै यस क्षेत्रमा सवारीको चाप पनि बढेको छ । सवारी चाप बढेसँगै हाल उक्त क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । जसका कारण अहिले दशैँको सपिङ गर्न न्युरोड पुग्नेहरुलाई सपिङ्गसँगै घण्टौँ जाममा बस्नुपर्ने र अत्याधिक भीडमा ओहोरदोहोर गर्ने तनाव थपिएको छ । 

अर्कोतर्फ न्युरोड क्षेत्रमा नागरिक चाप बढेसँगै व्यापारीहरुलाई भने भ्याइनभ्याई छ । यसो त काठमाडौँका केही क्षेत्रमा व्यापारीहरुले दशैँमा व्यापार खासै नभएको बताए पनि न्युरोडमा भने आजभोली पानी खाने फुर्सदसमेत नपाइने व्यापारीहरुले बताएका छन् । बाँकी तस्विरमाहेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register