न्याय खोज्न प्रहरी कार्यालय आएकी महिलालाई हवल्दारले बलात्कार गर्न खोजेपछि…

हवल्दार दाहालले पीडितलाई नजिकैको ‘ड्रंकेन इन होटेल’मा लगे । कोठा नम्बर ३ सय १ मा लगे । त्यहाँ पुगेपछि पीडितले ‘चोर कता छ ?’ भन्दै सोधिन् । हवल्दार दाहालले भने एकछिनमा ल्याउने भन्दै जबरजस्ती गर्न खोजे ।

Oct 6, 2024 - 09:45
 0
न्याय खोज्न प्रहरी कार्यालय आएकी महिलालाई हवल्दारले बलात्कार गर्न खोजेपछि…

काठमाडौं । न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि बलात्कार प्रयास गर्ने प्रहर हवल्दार जेल चलान भएका छन् ।

चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा बोलाएर बलात्कार प्रयास गर्ने प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत उदयपुर कटारी ३ घर भएका अनिलकुमार दाहाल पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा स्वयम्भू वृत्तमा पुगेकी थिइन् । स्वयम्भू वृत्तले सोह्रखुट्टे वृत्त पठाएको थियो ।

वृत्तमा उनको भेट हवल्दार दाहालसँग भएकोमा उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई महिलाको फोन नम्बर मागे । केही दिनपछि उनले चोर पक्राउ परेको भन्दै फेन गरेर कार्यालयमा बोलाए ।

पीडित कार्यालयमा पुगिन् तर चोर थिएनन् । हवल्दार दाहालले बहाना बनाउँदै चोर छुटिसकेको बताए ।

अर्को दिन फेरि पक्राउ गरेर ल्याउने र बोलाउने बताए । त्यो भेटमा हवल्दार दाहालले पीडित महिलासँग थप नजिकिने आइडिया लगाएर भेट्न बोलाएका थिए ।

तर बहाना थियो पक्राउ नपरेको मानिसलाई पक्राउ परेको भनेर पीडितलाई बोलाएका थिए ।

२९ भदौमा हवल्दार दाहालले फेरि ती महिलालाई राति १० बजे फोन गरी चोर पक्राउ परेको भन्दै ठमेल सञ्चयकोष भवन अगाडि भेट्न आउन बोलाए ।

महिलाले आफू तत्काल आउन नसक्ने बरु भोलिपल्ट बिहान आउने बताइन् । तर, प्रहरीले आउन भन्दै निकै कर गरे । उनले पठाओमा आउन आग्रह गर्दै भाडासमेत आफैँ तिरिदिने बताए ।

अब फेरि पीडितले आफ्नो सानो बच्चा रहेको र छाड्न नमिल्ने समेत बताइन् । हवल्दार दाहालले अझै कर गरेर कसैको जिम्मा लगाउन सुझाव दिए । धेरै कर गरेपछि पीडित सञ्चयकोष भवन अगाडि जान बाध्य भइन् ।

हवल्दार दाहालले पीडितलाई नजिकैको ‘ड्रंकेन इन होटेल’मा लगे । कोठा नम्बर ३ सय १ मा लगे । त्यहाँ पुगेपछि पीडितले ‘चोर कता छ ?’ भन्दै सोधिन् ।

हवल्दार दाहालले भने एकछिनमा ल्याउने भन्दै जबरजस्ती गर्न खोजे । बलात्कार प्रयास गरेको र आफू भागेको पीडितको जाहेरीमा उल्लेख छ  ।

अर्को दिन पीडित प्रहरीमा जाहेरी दिन गइन् । लगतै प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । काठमाडौंका जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register