साफ महिला च्याम्पियनसिप : नेपाली टोली घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को लागि नेपाली टोली घोषणा गरिएको छ । सोमबार राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Oct 14, 2024 - 12:17
 0
साफ महिला च्याम्पियनसिप : नेपाली टोली घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को लागि नेपाली टोली घोषणा गरिएको छ ।

सोमबार राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय गरिएको छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ ।

राष्ट्रिय महिला टोली :

गोलकिपर  : अन्जिला तुम्बापो सुब्बा ‘कप्तान’, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर

मिडफिल्डर :  रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी

फर्वाड : रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register