प्राइम सिएका विद्यार्थीलाई इन्टर्नका लागि बिग इन्डस्ट्रीजमा पठाइने

काठमाडौँ । प्राइम सिएले बिजनेस ग्रुप अफ इन्डस्ट्रीज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड)को व्यावसायिक गतिविधिहरू सञ्चालन हुने ठाउँहरूमा आफ्ना विद्यार्थीहरुलाई प्रशिक्षार्थीको रुपमा पठाउनका लागि समझदारी गरेको छ । असोज १७ गते उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बि.बि.एम., बि.सि.ए, बि.बि.एस. तथा एम.बि.एस. कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको प्राइम सि.ए. सँग […]

Oct 6, 2024 - 09:41
 0
प्राइम सिएका विद्यार्थीलाई इन्टर्नका लागि बिग इन्डस्ट्रीजमा पठाइने

काठमाडौँ । प्राइम सिएले बिजनेस ग्रुप अफ इन्डस्ट्रीज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड)को व्यावसायिक गतिविधिहरू सञ्चालन हुने ठाउँहरूमा आफ्ना विद्यार्थीहरुलाई प्रशिक्षार्थीको रुपमा पठाउनका लागि समझदारी गरेको छ । असोज १७ गते उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बि.बि.एम., बि.सि.ए, बि.बि.एस. तथा एम.बि.एस. कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको प्राइम सि.ए. सँग आवद्ध स्वयम्भू इन्टरनेशनल कलेज, लगनखेल, ललितपुरले व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ ।

प्रभावकारी सिकाईसँगै आय आर्जन गर्ने विशेष शिक्षा अवधारणा अन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा विभिन्न औद्योगिक, व्यापारिक, बैंकिङ, वित्तीय, बीमा र सूचना प्रविधिसँग सम्बन्धित व्यवसायिक संस्थाहरुसँग इन्टर्नको लागि सम्झौता गर्दै आफ्ना विद्यार्थीहरुलाई, उक्त संस्थामा प्रशिक्षार्थीको रुपमा पठाई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको छ ।

सोहिक्रममा प्राइम सिएले बिग इन्डस्ट्रीजसँग पनि आफ्ना विद्यार्थीहरुलाई इन्टर्नका रुपमा पठाउने गरी सम्झौता गरेको हो ।

बिग इन्डस्ट्रीज नेपालको उत्पादन, व्यापार र बजारीकरणलाई सबल बनाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register