आइतबार ५६.०९ अंकले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ […]

Oct 6, 2024 - 10:29
 0
आइतबार ५६.०९ अंकले बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार साहस उर्जा लिमिटेडको भएको छ । यस कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको  सेयर मूल्यमा पोजेतिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register