सेयर बजारमा उछाल, कारोबार रकम ६ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ०९ अंकले बढेर २६५३ दशमलव ५८ को विन्दुमा पुगेको छ । आइतबार ३०८ कम्पनीका ६९ हजार ८ सय ६० पटकको कारोबारमा १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Oct 6, 2024 - 10:37
 0
सेयर बजारमा उछाल, कारोबार रकम ६ अर्बमाथि 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ०९ अंकले बढेर २६५३ दशमलव ५८ को विन्दुमा पुगेको छ ।

आइतबार ३०८ कम्पनीका ६९ हजार ८ सय ६० पटकको कारोबारमा १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ रुपैयाँ रहेको छ ।

२१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको घटेको छ भने २ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा न्यादी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register