झापामा ट्रक आगजनी प्रकरण : घाइते भारतीय चालकको मृत्यु

बनियानी, २० असोज । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टिस्टेटस्थित पूर्व–पश्चिम लोकमार्गमा गत असोज ७ गते आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ । भारत इस्लापुरका ४० वर्षीय पोदो रायको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापोल जनाएको छ । घाइते राय दार्जिलिङस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचाररत थिए । उपचारको क्रममा शनिबार मृत्यु [...] The post झापामा ट्रक आगजनी प्रकरण : घाइते भारतीय चालकको मृत्यु appeared first on Jhapa Online.

Oct 6, 2024 - 17:46
 0
झापामा ट्रक आगजनी प्रकरण : घाइते भारतीय चालकको मृत्यु

बनियानी, २० असोज । झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टिस्टेटस्थित पूर्व–पश्चिम लोकमार्गमा गत असोज ७ गते आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ ।

भारत इस्लापुरका ४० वर्षीय पोदो रायको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापोल जनाएको छ । घाइते राय दार्जिलिङस्थित नर्थ बंगाल मेडिकल कलेजमा उपचाररत थिए ।

उपचारको क्रममा शनिबार मृत्यु भएको जानकारी पाएपछि आज उनको शव नेपालमा ल्याएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले बताउनुभयो ।

गत असोज ७ गते बिर्तामोडबाट काँकरभिट्टातर्फ जाँदै गरेको डब्यू बी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा अपरिचित चार÷पाँच जनाको समूहले रोकेर आगजनी गरेका थिए । उक्त समूहले चालक रायलाई ट्रकबाट झारेर कुटपिट गर्नुका साथै ट्रकमा पेट्रोल छर्केर आगजनी गरेर फरार भएका थिए ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी खटिएको थियो भने बारुण यन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागनीबाट ट्रकको इन्जिनको भाग जलेको थियो भने चालक रायको दाहिने हातमा, ढाँडमा र अनुहारमा सामान्य चोट लागेको थियो । घाइते सामान्य उपचारपछि थप उपचारको लागि भारत लगिएको थियो ।

The post झापामा ट्रक आगजनी प्रकरण : घाइते भारतीय चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register