झापाको शिवसताक्षीका बजारमा म्याद गुज्रिएको खाद्यवस्तु छ्यास्छ्यास्ती

शिवसताक्षी, २१ असोज । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को चन्द्रडाँगी बजारमा एक पसलमा ४९ बोतल पेयपदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिकालको अनुगमन टोलीले चन्द्रडाँगीको मनकामना स्टोरबाट उक्त सामाग्री फेला पारेको हो । त्यस्तै पार्वता भेराइटी किराना पसलबाट ३१ बोतल र डिल्ली किराना पसलबाट १० बोतल पेट्रोल बेच्न राखेको अवस्थमा [...] The post झापाको शिवसताक्षीका बजारमा म्याद गुज्रिएको खाद्यवस्तु छ्यास्छ्यास्ती appeared first on Jhapa Online.

Oct 7, 2024 - 17:30
 0
झापाको शिवसताक्षीका बजारमा म्याद गुज्रिएको खाद्यवस्तु छ्यास्छ्यास्ती

शिवसताक्षी, २१ असोज । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ को चन्द्रडाँगी बजारमा एक पसलमा ४९ बोतल पेयपदार्थ म्याद गुज्रिएको अवस्थामा फेला परेको छ ।

शिवसताक्षी नगरपालिकालको अनुगमन टोलीले चन्द्रडाँगीको मनकामना स्टोरबाट उक्त सामाग्री फेला पारेको हो । त्यस्तै पार्वता भेराइटी किराना पसलबाट ३१ बोतल र डिल्ली किराना पसलबाट १० बोतल पेट्रोल बेच्न राखेको अवस्थमा फेला पारेको हो ।

पसलबाट चिप्स, पापड, चाट मसला, मिठाई लगायतका खाद्य बस्तुहरुको म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पसलमा फेला परेको म्याद गुज्रिएको अखाद्य वस्तुहरुलाई अनुगमन टोलीले नष्ट गरिदिएको थियो ।

शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा उपप्रमुख नरमाया कार्की प्रहरी, नगर प्रहरी, गरका कर्मचारी, सञ्चारकर्मी, बाणिज्य संघका प्रतिनिधि, वडा नं. ७ वडाध्यक्ष भवानी विक्रम चेम्जोङ, बजार समितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

The post झापाको शिवसताक्षीका बजारमा म्याद गुज्रिएको खाद्यवस्तु छ्यास्छ्यास्ती appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register