तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने !

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल पसल अनुगमनका क्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।  बाढीपहिरोपछि फलफूल तथा तरकारीको मूल्य अस्वभाविक वृद्धि भएपछि अनुगमन गरिएको मन्त्री भण्डारीले बताएका छन् ।  उनले दैनिक उपभोग्य वस्तुमा पर्ने […]

Oct 7, 2024 - 03:49
 0
तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने !

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल पसल अनुगमनका क्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

बाढीपहिरोपछि फलफूल तथा तरकारीको मूल्य अस्वभाविक वृद्धि भएपछि अनुगमन गरिएको मन्त्री भण्डारीले बताएका छन् । 

उनले दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारी र फलफूलको मूल्य अस्वभाविक वृद्धि हुँदा आमसर्वसाधारण मर्कामा परेको भन्दै अबदेखि तरकारी र फलफूलको बजार मूल्य सरकारले निर्धारण गर्ने बताएका छन् । यसका लागि सम्बन्धित पक्षसँग तत्काल छलफल गरिने मन्त्रीको भण्डारीको भनाई छ । 

‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौँ । सम्बन्धित अधिकारीहरु हुनुहुन्छ, उहाँहरुले हेर्नुहुन्छ ।’, मन्त्री भण्डारीले भने, ‘उहाँहरुसँग हामीले पछिल्लो खरिदमूल्य कति छ ? किसानहरुले कति मूल्यमा बिक्रीवितरण गरिरहेको छन् ? अभाव छ, छैन ? यी सबै कुराहरु हेरेर हामी बजार मूल्य तोक्छौँ ।’ 

अनुगमनकै क्रममा उपभोक्ताहरुले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षणसमेत गराएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register