प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको ५ करोड सहयोग 

काठमाडौँ । आइएमई ग्रुपले प्रधानमन्त्री उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद […]

Oct 7, 2024 - 03:53
 0
प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको ५ करोड सहयोग 

काठमाडौँ । आइएमई ग्रुपले प्रधानमन्त्री उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट पाँच करोड रुपैयाँ रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा ग्लोबल आइएमई बैँक, आइएमई ग्रुप र आवद्ध कम्पनीका तर्फबाट ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकम हालै गएको बाढीपहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष ढकालले आउने दिनमा अझ सहयोगलाई बढाउँदै जाने बताएका छन् । उनले आईएमई ग्रुप विपद्मा सरकारको साथमा रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै, सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्मा सबैजना मिलेर पीडितको सहयोग गर्नुपर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register