दशैँमा पनि सुनसान छन् काठमाडौँका मल, व्यापार गर्ने बेलामा फोन चलाएर दिन बिताउँछन् व्यापारी… (तस्विरहरु) 

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकिए पनि काठमाडौँ उपत्यकाका अधिकांश मलहरुमा भने व्यापारको चहलपहल देखिएको छैन । दशैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरुमा व्यापार घटेको छ ।  विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा २० प्रतिशत पनि […]

Oct 7, 2024 - 13:21
 0
दशैँमा पनि सुनसान छन् काठमाडौँका मल, व्यापार गर्ने बेलामा फोन चलाएर दिन बिताउँछन् व्यापारी… (तस्विरहरु) 

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँ नजिकिए पनि काठमाडौँ उपत्यकाका अधिकांश मलहरुमा भने व्यापारको चहलपहल देखिएको छैन । दशैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरुमा व्यापार घटेको छ । 

विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको भएको छैन । मलमा मानिसहरूको चहलपहल नै नभएको बताउँदै उनले दैनिक ग्राहकहरु पनि एकदुई जना मात्रै आउने गरेको बताएका छन् । 

त्यस्तै, काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाहीले पनि हरेक वर्ष व्यापार घट्दै गएको बताएका छन् । उनले यदि यही अवस्था रहने हो भने व्यापारबाट विस्थापित हुनुपर्ने अवस्था आउने भन्दै दुखेसो पोखेका छन् । 

शाही र राणाको मात्र होइन, दशैँको मुखमा न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएका दीपक अधिकारीको पनि अवस्था उस्तै छ । विगतमा जस्तो मलमा चहलपहल नभएको भन्दै उनले महँगीले गर्दा पनि मलमा चहलपहल घटेको बताएका छन् । उनले पनि दशैँमा व्यापार हुने अपेक्षा गरे पनि व्यापार नहुँदा साह्रै मर्कामा परेको बताएका छन् । तस्विरमा हेर्नुहोस् दशैँको मुखमा पनि सुनसान मलहरुः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register