इरानलाई इजरायलको धम्की – बेरुत र गाजाको जस्तो अवस्था हुनेछ

काठमाडौं । लेबनान र गाजामा निरन्तर बमबारीका बीच इजरायली रक्षामन्त्रीले इरानको बारेमा ठूलो बयान दिएका छन् । रक्षामन्त्री योभ ग्यालान्टले इरानलाई चेतावनी दिँदै भनेका छन्, ‘इस्लामिक रिपब्लिकले इजरायललाई नोक्सान पुर्‍याउन चाहन्छ भने उसको अवस्था गाजा वा बेरुत जस्तो हुनसक्छ ।’ ग्यालान्टको बयानका अलावा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)नौसेनाका कमाण्डरको एक बयान पनि बाहिर आएको […]

Oct 7, 2024 - 06:33
 0
इरानलाई इजरायलको धम्की – बेरुत र गाजाको जस्तो अवस्था हुनेछ

काठमाडौं । लेबनान र गाजामा निरन्तर बमबारीका बीच इजरायली रक्षामन्त्रीले इरानको बारेमा ठूलो बयान दिएका छन् ।

रक्षामन्त्री योभ ग्यालान्टले इरानलाई चेतावनी दिँदै भनेका छन्, ‘इस्लामिक रिपब्लिकले इजरायललाई नोक्सान पुर्‍याउन चाहन्छ भने उसको अवस्था गाजा वा बेरुत जस्तो हुनसक्छ ।’

ग्यालान्टको बयानका अलावा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)नौसेनाका कमाण्डरको एक बयान पनि बाहिर आएको छ, जसमा उनले भनेका छन्, ‘हामी कुनै पनि परिस्थितिका लागि तयार छौं ।’

इरानको हालैको मिसाइल आक्रमणको सन्दर्भमा इजरायलका रक्षामन्त्रीले इरानले इजरायली वायुसेनाका दुईवटा आधार शिविरलाई निशाना बनाएको थियो तर क्षति पुर्‍याउन नसकेको बताएका थिए ।

यसपछि इजरायली रक्षामन्त्रीले भने, ‘हामीलाई हानि पुर्याएर रोक्ने सोच्नेले बेरुत र गाजामा हामीले के उपलब्धि हासिल गर्‍यौँ, त्यो हेर्नुपर्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register