सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा दुर्गा पूजा, भक्तजनको घुइँचो

चन्द्र बस्नेतकनकाई, २१ असोज । झापाको कनकाई –१ स्थित सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा हरेक साँँझ भक्तजनहरुको भीड बढ्दै गएको छ । यस क्षेत्रमा रहेका २ वटा वडा कनकाई १ र ७ का भक्तजनहरुको सहभागितामा दुर्गा पुजा आयोजक समिति गठन गरेर बृहत सहभागितामा दैनिक पाठपारायण रात्री सत्संघको कार्यक्रम सञ्चालन भइरहेको पूजा आयोजक समितिका संयोजक बालकृष्ण [...] The post सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा दुर्गा पूजा, भक्तजनको घुइँचो appeared first on Jhapa Online.

Oct 7, 2024 - 07:58
 0
सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा दुर्गा पूजा, भक्तजनको घुइँचो

चन्द्र बस्नेत
कनकाई, २१ असोज ।
झापाको कनकाई –१ स्थित सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा हरेक साँँझ भक्तजनहरुको भीड बढ्दै गएको छ ।

यस क्षेत्रमा रहेका २ वटा वडा कनकाई १ र ७ का भक्तजनहरुको सहभागितामा दुर्गा पुजा आयोजक समिति गठन गरेर बृहत सहभागितामा दैनिक पाठपारायण रात्री सत्संघको कार्यक्रम सञ्चालन भइरहेको पूजा आयोजक समितिका संयोजक बालकृष्ण सिटौलाले जानकारी दिनुभयो। कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाउँन समितिले ज्ञानमालाको कार्यक्रमा समेत सञ्चालन गर्दै आएको भजनकृतन मन्डलीकी अध्यक्ष कृष्णमाया ढकालले जानकारी दिनुभयो ।

आईतबार साँझ अरु दिनको भन्दा सहभागिको संख्या थपियो भजनकिर्तन मन्डलीकी अध्यक्ष ढकालले भन्नुभयो, “साँझ भजन किर्तकोलागि आउँनु हुन्छ । संख्या हरेक दिन बढ्दै गएको छ ।” चौथो दिनको कार्यक्रममा आफ्नो धारणा राक्दै कनकाई बिहानी क्लवका सस्थापक अध्यक्ष मनोज बस्नेतले असल संस्कार र संस्कृतिको विकास सत्संघबाटै प्राप्त हुने बताउनुभयो ।

उहाँले रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइ राख्न कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो। क्लबका सस्थापक अध्यक्ष बस्नेतले पास्चात्य संस्कार र संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्दे गएको भन्दै सबैले आफनो मौलिक धर्म संस्कार र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध पनि गर्नुभयो । पुजाको पाठपारायण पन्डित नारायण प्रसाद पाठकले गर्दै आउनुभएको छ।

सो अवसरमा आयोजित ज्ञानमाला कार्यक्रममा उत्कृष्ठ प्रतियोगिहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष लोकनाथ उप्रेती, क्लब एवम् मन्दिर संरक्षण समिति तथा भजन कृतन मण्डलीका सल्लाहका अनिरुद्र ओली, होमनाथ बस्नेत, टोपलाल भुजेल, डिल्लीराम बस्नेत, नारान बस्नेत, श्रीप्रसाद खतिवडा, पुजारी श्रीनारायण अधिकारी, श्रीप्रसाद अधिकारी लगायत दुर्गा पुजाकी कर्ता चन्द्रकला ढकाल विभिन्न क्षेत्रका व्यत्तिmहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन कृतन मण्डली सचिव चुडामणि ढकालले गर्नुभएको थियो । यता, दिउँसोको पुजा कार्यक्रममा भने भक्तजनको उपस्थिति कम हुने गरेको पण्डित पाठकले जानकारी दिनुभयो । गत असोज १७ गते घटस्थापनादेखी सुरु गरिएको दुर्गा पुजा पर्सी बुधबार खस्टी तिथिमा समापन हुने पुजा सञ्चालन समितिकी सचिव सुरेखा कार्कीले बताउनुभयो ।

The post सिद्धेस्वर शिव पाञ्चायन मन्दिर परिसरमा दुर्गा पूजा, भक्तजनको घुइँचो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register