आजदेखि झापाको काँकरभिट्टाबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा शुरु

सन्तोष शर्माबनियानी, २८ असोज । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ शुरु भएको छ । ‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ काँकरभिट्टादेखि शुरु भएको हो । मावन सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको आयोजनामा यो सडक मानव उद्धार [...] The post आजदेखि झापाको काँकरभिट्टाबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा शुरु appeared first on Jhapa Online.

Oct 14, 2024 - 11:58
 0
आजदेखि झापाको काँकरभिट्टाबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा शुरु

सन्तोष शर्मा
बनियानी, २८ असोज ।
झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ शुरु भएको छ ।

‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ काँकरभिट्टादेखि शुरु भएको हो । मावन सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको आयोजनामा यो सडक मानव उद्धार अभियान शुरु भएको हो ।

यात्रा आरम्भका क्रममा आज मेचीनगर–६ स्थित काँकरभिट्टाबाट एकजना बोल्न नसक्ने अवस्थाका युवाको उद्धार गरिएको छ । आफ्नो नाम बताउन नसक्ने युवालाई उद्धार गरी मेचीनगर–४ आमडाँगीस्थित मानव सेवा आश्रममा राखिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले दिनुभयो ।

काँकरभिट्टाबाट शुरु भएको आजको यात्रा झापाको सुरुङ्गा, शिवसताक्षी, पाडाजुँगी, दमक, मोरङको उर्लाबारी, कानेपोखरी, सुन्दरहरैंचासम्म पुग्ने उहाँले बताउनुभयो । झापामा उद्धार गरिएका सडक मानवहरुलाई मानव सेवा आश्रम मेचीनगरमा राखिनेछ । “हरेक जिल्लामा उद्धार गरिएकाहरुलाई सोही जिल्लामा राखिनेछ”, उहाँले भन्नुभयो ।

जिल्लाका अन्य स्थानबाट उद्धार गरिएका सडक मानवहरुलाई दमकस्थित दाहाल प्रतिष्ठानको बगैंचामा स्नान तथा भोजन गराइनेछ ।

यात्रा शुभारम्भको पूर्वसन्ध्यामा मेचीनगरस्थित मेची पुलमा शान्ति दीप प्रज्वलन गरिएको थियो । आश्रमका अध्यक्ष रामजी अधिकारी, फाण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती लगायतका जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरुले शान्ति दीप प्रज्वलन गर्नुभएको थियो ।

यसअघि, असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार यात्राको शुभारम्भ गर्नुभएको थियो । कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले शुरु गरिएको यो यात्रा आगामी कात्तिक २८ गते सकिने छ ।

The post आजदेखि झापाको काँकरभिट्टाबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register