पामे सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज पराजुली

काठमाडौँ । पामे बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा तथा पाँचौ अधिवेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन […]

Oct 7, 2024 - 08:09
 0
पामे सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज पराजुली

काठमाडौँ । पामे बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा तथा पाँचौ अधिवेशनले नवराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा खिमनाथ तिमिल्सिना, सचिवमा सालिकराम लामिछाने, कोषाध्यक्ष लेखनाथ पराजुली सहसचिव गिता कुमारी दवाडी चयन भएका छन् ।

समितिको सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, घनश्याम अधिकारी, रेवती देवकोटा, दुर्गा तिमिल्सिना, भोलानाथ अधिकारी र रमेश गौतम चयन भएका छन् । समितिका लेखा सुपरिवेक्षण समिति संयोजकमा बिष्णुहरी तिमिल्सिना सदस्य सन्तोष शर्मा तिमिल्सिना र पुष्पराज दवाडी रहेका छन् ।

साधारणसभाको उद्धघाटन गर्दै पोखरा महानगरपालिका २४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले पामे बचत तथा ऋण सहकारी संस्थाले जनतामा आर्थिक जागरण ल्याउने काम गरेको बताए । उनले पैसा आवश्यक परेकाहरुलाई गर्जो टाने काम सहकारी निजिक भएको बताए । त्यसै गरी पोखरा वडा नम्बर २३ वडा अध्यक्ष रामकाजी गुरुङ, वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिना लगातले सहकारीले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहयोग गरेको बताए ।

कार्यक्रममा सहकारीका सेयर सदस्यका छोरा छोरी एसइई दिएका यस वर्ष उत्कृष्ट नतिजा ल्याउने चार जनालाई समान गरेका थिए । त्यस्तै, सबै भन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको थियो ।

साधारणसभामा पामे सहकारीका अध्यक्ष अग्निधर त्रिपाठीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिबेदन पास गरेको छ ।

सहकरीमा १ हजार १० जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ९ लाख ७८ हजार निक्षेप संकलन गरी २५ करोड ४ लाख १६ हजार कर्जा प्रवाह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register