‘बेहुली फ्रम मेघौली’को क्लिप सामाजिक सञ्जालमा बाहिरिएपछि साइबर ब्यूरो पुगे निश्चल

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’का क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेका छन् । दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेकोले आवश्यक कारबाहीका लागि बस्नेतले सोमबार उजुरी दिएका हुन् । आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता एकाउन्ट ब्लक गर्न र दोषीलाई कारबाही गर्न उनले माग […]

Oct 7, 2024 - 09:57
 0
‘बेहुली फ्रम मेघौली’को क्लिप सामाजिक सञ्जालमा बाहिरिएपछि साइबर ब्यूरो पुगे निश्चल

काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’का क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ति भएपछि निर्माता तथा अभिनेता निश्चल बस्नेतले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी हालेका छन् ।

दर्शकले हलमा मोबाइलबाट भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेकोले आवश्यक कारबाहीका लागि बस्नेतले सोमबार उजुरी दिएका हुन् ।

आफ्नो फिल्मलाई क्षति पुगकोले त्यस्ता एकाउन्ट ब्लक गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरेका छन् ।

यसअघि प्रदर्शनरत फिल्मको भिडिओ क्लिप सामाजिक सञ्जालमा अपलोड हुनेक्रम बढेसँगै चलचित्र विकास बोर्डले केही दिनअघि सूचना जारी गर्दै सचेत गराएको थियो ।

हलबाट फिल्म पाइरेसीमा पर्दा निर्माताले घाटा व्यहोर्नुपर्ने अवस्थासमेत देखिने गरेको छ ।

‘बेहुली फ्रम मेघौली’ गत बिहीबारदेखि प्रदर्शनमा आएको हो । यसमा स्वस्तिमा खड्का र निश्चल शीर्ष भूमिकामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register