बजारमा किनमेल गर्नेको चहलपहल

काठमाडौं । दशैंमा बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर, व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्यूरोड, महाबौद्ध, भोटाहिटी भृकुटीमण्डपलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल छ । व्यापारीहरुले बाढी पहिरो […]

Oct 7, 2024 - 11:45
 0
बजारमा किनमेल गर्नेको चहलपहल

काठमाडौं । दशैंमा बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर, व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् ।

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्यूरोड, महाबौद्ध, भोटाहिटी भृकुटीमण्डपलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल छ । व्यापारीहरुले बाढी पहिरो लगाएतका कारणले व्यापार कम भएको अनुमान गरेका छन् ।

उनीहरुले कारोना महामारीपछि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले पनि बजारमा त्यसको प्रभाव कम देखिएको जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register