इजरायलको सैन्य बेसमा हिजबुल्लाहको ड्रोन हमला, ४ जवान मारिए भने ६० बढी घाइते

लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

Oct 14, 2024 - 03:37
 0
इजरायलको सैन्य बेसमा हिजबुल्लाहको ड्रोन हमला, ४ जवान मारिए भने ६० बढी घाइते

एजेन्सी । लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति हमला भएको हो । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिएको छ । हिजबुल्लाहले इजरायली रक्षा बल आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएर आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला यो ठुलो हमला भएको हो ।

उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल आइडीएफले जनाएको छ ।

हिजबुल्लाहको मिडिया युनिटले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेकोमा त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको प्रतिक्रिया दिएको छ ।

हमलामा थप ७ जना सैनिक गम्भीर घाइते भएका र उनीहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ ।

ड्रोन आउनुअघि खतराको संकेत दिने कुनै पनि साइरन बजेन । इजरायली सेनाले सुरक्षा मापदण्ड अपनाउने समय नै नपाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

यसअघि इजरायल प्रवेश गरेको दुई ड्रोनलाई इजरायली राडारले ट्र्याक गरेको थियो । एउटा हाइफाको उत्तरी तटमा खसालिएको थियो। इजरायली वायुसेनाका विमानहरू र हेलिकप्टरहरूले दोस्रो ड्रोनलाई पछ्याए पनि ती राडारबाट गायब भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register