दसैँतिहारको दक्षिणाले पोथी कुखुरा किन्नुपर्ने नियम

रुकुमपश्चिम । दसैँतिहारमा मान्यजन र दाजुभाइबाट टीका थापेर आशिर्वादसँगै पाएको दक्षिणा लिने प्रचलन पुरानो हो । यो रकमबाट केटाकेटीले खेलौना किन्ने, कसैले खुत्रुकेमा राख्ने, नयाँ कपडा किन्ने, मिठाइ किन्ने घुम्न जाने योजना बनाएका हुन्छन् । रुकुमपश्चिको एक विद्यालयका विद्यार्थीले भने यसपालीको चाडपर्वमा पाएको दक्षिणा फजुल खर्च गर्न नपाउने भएका छन् । जिल्लाको आठबिसकोट वडा नं […]

Oct 8, 2024 - 03:33
 0
दसैँतिहारको दक्षिणाले पोथी कुखुरा किन्नुपर्ने नियम

रुकुमपश्चिम । दसैँतिहारमा मान्यजन र दाजुभाइबाट टीका थापेर आशिर्वादसँगै पाएको दक्षिणा लिने प्रचलन पुरानो हो । यो रकमबाट केटाकेटीले खेलौना किन्ने, कसैले खुत्रुकेमा राख्ने, नयाँ कपडा किन्ने, मिठाइ किन्ने घुम्न जाने योजना बनाएका हुन्छन् ।

रुकुमपश्चिको एक विद्यालयका विद्यार्थीले भने यसपालीको चाडपर्वमा पाएको दक्षिणा फजुल खर्च गर्न नपाउने भएका छन् ।

जिल्लाको आठबिसकोट वडा नं १४ मा रहेको जनविक्रम माध्यमिक विद्यालय ज्यामिटरकोटका विद्यर्थीले मान्यजनबाट प्राप्त भएको दक्षिणाले पोथी कुखुरा किनेर पाल्नुपर्ने नियम बनाएको गोरखापत्रले उल्लेख गरेको छ ।

विगतका दिनमा दक्षिणको पैसा अनावश्यक खर्च गरेको भन्दै उचित लगानीका लागि विद्यालयले यस्तो नियम बनाएको हो । विद्यालयका प्रधानाध्यापक दीपक थापाका अनुसार दक्षिणाको रकम कापी, किताबमा खर्च गर्न सकिने भए पनि त्यो जिम्मेवारी बाआमाको भएकाले विद्यार्थीलाई रचनात्मक काममा जोड्न यस्तो नियम बनाइएको हो ।

दक्षिणाले किनेको पाथीले कोरलेको चल्ला देखाएमा आगामी चैतको वार्षिक परीक्षापछि विद्यार्थीलाई पुरस्कृत गरिने प्रधानाध्यापक थापाले बताए । उनका अनुसार यस कार्यले विद्यार्थीलाई श्रमको महत्त्व बुझाउनका साथै पैसाको जतन गर्ने, सही ठाउँमा लगानी गर्ने र आत्मनिर्भर हुने बाली बस्ने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register