यात्रुको चाप अत्याधिक बढेपछि नेपाल एयरलाइन्सको ठूलो जहाज भैरहवा जाने, भाडादर कति ? 

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको छ । दशैँमा यात्रुको चाप अत्याधिक बढेपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो ।  एयरलाइन्सले असोज २४ गते फूलपातीका दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको जनाएको छ ।  काठमाडौँबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै एयरलाइन्सले काठमाडौँबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा […]

Oct 8, 2024 - 03:57
 0
यात्रुको चाप अत्याधिक बढेपछि नेपाल एयरलाइन्सको ठूलो जहाज भैरहवा जाने, भाडादर कति ? 

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको छ । दशैँमा यात्रुको चाप अत्याधिक बढेपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो । 

एयरलाइन्सले असोज २४ गते फूलपातीका दिन काठमाडौँ-भैरहवा-काठमाडौँ उडान गर्ने भएको जनाएको छ । 

काठमाडौँबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै एयरलाइन्सले काठमाडौँबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा प्रतिव्यक्ति ७ हजार रुपैयाँ भाडामा उडान गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ । 

नेपाल एयरलाइन्सको आरए १७३३ उडान नम्बर रहेको न्यारोबडी जहाज असोज २४ गते बिहान ११ बजे काठमाडौँबाट भैरहवाका लागि उड्नेछ भने उक्त जहाजमा ३० किलोसम्म निःशुल्क लगेज सुविधा रहेको नेवानीले जनाएको छ । नेवानीका अनुसार उक्त जहाज सोही दिन १२ः३० बजे भैरहवाबाट काठमाडौँ फर्किनेछ । भैरहवा-काठमाडौँको भाडा भने नेवानीले ३ हजार ८ सय ९० रुपैयाँ तोकेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register