यसपालिको दशैँ बजारः ‘सेल’मा भीड, मलहरु सुनसान, कतै व्यापारी फुर्सदिला, कतै भ्याइनभ्याई… (तस्विरहरु) 

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यसवर्ष असोज २६ गते (शनिबार) दशैँको टिका छ ।  दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम बढेको छ । जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड […]

Oct 8, 2024 - 04:57
 0
यसपालिको दशैँ बजारः ‘सेल’मा भीड, मलहरु सुनसान, कतै व्यापारी फुर्सदिला, कतै भ्याइनभ्याई… (तस्विरहरु) 

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यसवर्ष असोज २६ गते (शनिबार) दशैँको टिका छ । 

दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम बढेको छ । जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ । साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् । 

केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ । त्यसैले काठमाडौँको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ । 

तर, यसपालिको दशैँ बजार अलि बुझ्न गाह्रो छ । यसपालि न्युरोडमा देखिने अधिकांश भीड सेल र खुद्रा पसलमा देखिएका छन् । सपिङ गर्नेहरुले खचाखच भरिएको न्युरोडमा त्यहीँ मलहरु भने सुनसान छन् । अझ यतिसम्म कि किनमेलका लागि ग्राहक नआउँदा मलका व्यापारीहरु दिनभर मोबाइल चलाएर दिन कटाउन बाध्य छन् । तर, त्यहीँ सेल र खुद्रा पसलमा भने व्यापारीहरुलाई भ्याइनभ्याई छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register