हिजबुल्लाह कमाण्डर हुसेनी मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी हिजबुल्लाह कमाण्डरको मृत्यु भएको छ । मंगलबार हिजबुल्लाहका कमाण्डर सुहेल हुसेन हुसेनीको मारिएको इजरायली रक्षा बलले जानकारी दिएको हो । सोमबार बेरुतमा भएको आक्रमणमा परी जिहाद परिषद्‌को सदस्यसमेत रहेका हुसेनी मारिएका हुन् । हुसेनीले इरान र हिजबुल्लाहलाई हतियार पुर्‍याउन अहम् भूमिका खेलेको इजरायली सेनाले दाबी गरेको छ । उनले […]

Oct 8, 2024 - 07:29
 0
हिजबुल्लाह कमाण्डर हुसेनी मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी हिजबुल्लाह कमाण्डरको मृत्यु भएको छ ।

मंगलबार हिजबुल्लाहका कमाण्डर सुहेल हुसेन हुसेनीको मारिएको इजरायली रक्षा बलले जानकारी दिएको हो । सोमबार बेरुतमा भएको आक्रमणमा परी जिहाद परिषद्‌को सदस्यसमेत रहेका हुसेनी मारिएका हुन् ।

हुसेनीले इरान र हिजबुल्लाहलाई हतियार पुर्‍याउन अहम् भूमिका खेलेको इजरायली सेनाले दाबी गरेको छ । उनले इजरायलविरुद्धको हमला संयोजन गरेको इजरायली सेनाले जनाएको छ ।

हिजबुल्लाहले भने उनको मृत्यु पुष्टि गरेको छैन ।

यस्तै, गएराती लेबनानको राजधानीमा अत्याधिक स्थानमा विष्फोट भएको थियो । बेरुतको दक्षिणी क्षेत्र दाहियेमा भएको हवाई हमलामा परी १० जना मारिएको लेबनानको स्थानीय मिडियाले जनाएका छन् ।

इजरायलको उत्तरी क्षेत्रमा रातभरी रकेट आक्रमण हुने चेतवनीका लागि साइरन बजाइएको थियो । तेल अभिवमा विभिन्न क्षेत्रमा रकेट प्रहार गरिएको थियो । सोमबार हिजबुल्लाहले १९० रकेट प्रहार गरेको दक्षिणी इजरायलले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register