दुई दिनसम्म निगरानी गरेपछि आक्रमणकारीले पुण्य गौतमलाई हानेका थिए रड, को थिए उनी ?

काठमाडौं । रड प्रहारपछि घाइते भएका पुण्य गौतम खतरामुक्त भएका छन् । नेपाल मेडिकल कलेजमा उपचाररत उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकोमा दुई ठाउँ गहिरो चोट भए पनि अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् । हातमा पनि सामान्य चोट लागेको उनलाई केही दिन अस्पताल राखेर डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ […]

Oct 8, 2024 - 11:21
 0
दुई दिनसम्म निगरानी गरेपछि आक्रमणकारीले पुण्य गौतमलाई हानेका थिए रड, को थिए उनी ?

काठमाडौं । रड प्रहारपछि घाइते भएका पुण्य गौतम खतरामुक्त भएका छन् । नेपाल मेडिकल कलेजमा उपचाररत उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ ।

टाउकोमा दुई ठाउँ गहिरो चोट भए पनि अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।

हातमा पनि सामान्य चोट लागेको उनलाई केही दिन अस्पताल राखेर डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

यस्तो थियो घटना

गौतम आफ्नो दैनिक कार्य सकेर सोमबार राति सवा ९ बजेतिर घर फर्किँदै थिए । मोबाइलमा कुराकानी गर्दै हिँडिरहेका उनलाई कसैले पछ्याइरहेको थाहा थिएन ।

घर नजिकै पुग्दा अचानक एक व्यक्तिले पछाडिबाट रडले टाउकोमा हान्यो । पछाडि फर्किए । केही बुझ्न नपाउँदै फेरि प्रहार भयो । अगाडि टाउकोमा चोट लाग्यो । फेरि केही प्रहार भए, उनले हातले छेके ।

छेक्ने क्रममा हातमा चोट लाग्यो । उनले गुहार माग्दै चिच्याएपछि आक्रमणकारी भाग्यो । गौतम रगताम्य भएर गौतम भुईँमा ढले ।

हल्लाखल्ला सुनेर स्थानीयहरू आइपुग्दा आक्रमणकारी भागिसकेका थियो । गौतमको मोबाइल भूँईमा खसेको थियो । ब्याट्री मोबाइलबाट उछिट्टिएको थियो ।

पुण्य गौतममाथि रड प्रहार, टाउको फुटेपछि आइसीयूमा (भिडिओ)

छिमेकीहरूका अनुसार दुई दिनदेखि शंकास्पद व्यक्तिहरू गौतमको घर वरिपरि घुमिरहेका थिए । साउद उनीहरूको कुनै योजना थियो ? घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो घटनाको पछाडि गौतमले सामाजिक सञ्जालमार्फत कसैको भण्डाफोर गरेका थिए ? वा कुनै व्यक्तिगत रिसइवीको परिणाम थियो ? उद्देश्य अझै खुल्न सकेको छैन ।

कसैले चिच्याएको सुनेपछि जाँदा गौतम रक्ताम्य अवस्थामा ढलिरहेका भेटिएको घटनास्थल नजिकका एकजनाले सुनाए ।

एक स्थानीयले भने, ‘टाउकोबाट रगत आइरहेको थियो । अगाडि टाउकोबाट बगेको रगत रोक्ने प्रयास गरिरहनुभएको थियो । पछाडिबाट रगतको धारा बगिरहेको थियो । उहाँलाई उठाएर ट्याक्सीमा तुरुन्त अस्पताल लग्यौँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register