जबरजस्ती धर्मशाला खाली गर्ने महानगर प्रहरीको चेतावनी
काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने महानगर प्रहरीले चेतावनी दिएको छ । धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने चेतावनी दिएको हो । मारवाडी सेवा समितिले भने गौशाला […]
काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने महानगर प्रहरीले चेतावनी दिएको छ ।
धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने चेतावनी दिएको हो ।
मारवाडी सेवा समितिले भने गौशाला खाली गराउन अफिसियल पत्र लिएर आउन भनेको छ । समितिले गौशाला खाली गराउन आफूहरुले अफिसियल पत्र नपाएको बताउँदै पत्र नआएसम्म खाली नगर्ने बताएको छ ।
उनीहरुले गौशाला खाली गराउन नदिने भन्दै मुख्य गेटमा प्रदर्शन गरिरहेका छन् । अहिले धर्मशालामा नगर प्रहरी परिचालन गरिएको छ ।
What's Your Reaction?