सहयोग नगरे जबरजस्ती धर्मशाला खाली गर्ने महानगर प्रहरीको चेतावनी

काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने महानगर प्रहरीले चेतावनी दिएको छ । धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने चेतावनी दिएको हो । मारवाडी सेवा समितिले भने गौशाला […]

Oct 9, 2024 - 09:37
 0
सहयोग नगरे जबरजस्ती धर्मशाला खाली गर्ने महानगर प्रहरीको चेतावनी

काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन सहयोग नगरे जबरजस्ती खाली गराउने महानगर प्रहरीले चेतावनी दिएको छ ।

धर्मशाला खाली गराउन पुगेको काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको वार्तामा सहमति जुट्न नसकेपछि महानगर प्रहरीले जबरजस्ती खाली गराउने चेतावनी दिएको हो ।

मारवाडी सेवा समितिले भने गौशाला खाली गराउन अफिसियल पत्र लिएर आउन भनेको छ । समितिले गौशाला खाली गराउन आफूहरुले अफिसियल पत्र नपाएको बताउँदै पत्र नआएसम्म खाली नगर्ने बताएको छ ।

उनीहरुले गौशाला खाली गराउन नदिने भन्दै मुख्य गेटमा प्रदर्शन गरिरहेका छन् । अहिले धर्मशालामा नगर प्रहरी परिचालन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register