गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते

नवलपरासी । पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोतीस्थित खरकट्टा जंगलमा बुधबार दिउँसो गैंडासँग मोटरसाईकल ठोक्किँदा २ यात्रु घाईते भएका छन् । घाईते हुनेमा ना ३३ प ४२४२ नम्बर मोटरसाईकल चालक जिल्ला दोलखा बैतेश्वर गापा ४ घर भई काठमाडौं कागेश्वरी मनहरा ७ बस्ने ३५ वर्षीय कृष्ण दाहाल रहेका छन् । त्यसै गरि मोटरसाईकलमा सवार दोलखा जिल्ला बैतेश्वर […]

Oct 9, 2024 - 11:51
 0
गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते

नवलपरासी ।

पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोतीस्थित खरकट्टा जंगलमा बुधबार दिउँसो गैंडासँग मोटरसाईकल ठोक्किँदा २ यात्रु घाईते भएका छन् ।


घाईते हुनेमा ना ३३ प ४२४२ नम्बर मोटरसाईकल चालक जिल्ला दोलखा बैतेश्वर गापा ४ घर भई काठमाडौं कागेश्वरी मनहरा ७ बस्ने ३५ वर्षीय कृष्ण दाहाल रहेका छन् । त्यसै गरि मोटरसाईकलमा सवार दोलखा जिल्ला बैतेश्वर घरभई मनहरा ७ बस्ने करिव ३२ वर्षका प्रदीप न्यौपाने घाईते भएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ जेसी शाहले बताए ।


प्रनाउ शाहका अनुसार चालक दाहालको टाउको र हातमा गम्भीर चोट लागेको र न्यौपाने अवस्था सामान्य रहेकोले दुबै घाईतेलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको छ ।


पश्चिम बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको मोटरसाईकल जंगलमा बाटो काट्दै गरेको एक सिँगे गैंडासँग अचानक ठोक्किँदा सो दुर्घटना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register