प्रेममा परेपछि व्यक्तिको भोक निन्द्रा हराउँछ !

काठमाडौं । भनिन्छ प्रेममा परेपछि मान्छेको निन्द्रा र शान्ति सबै हराउँछ, न त भोक लाग्छ न त तिर्खा महसुस हुन्छ । व्यक्ति होस गुमाएर आफ्नो प्रेमको बारेमा मात्र सोचिरहन्छ । के तपाईंलाई थाहा छ यसको वास्तविक कारण के हो ? यदि छैन भने जानौँ आखिर कसैको प्रेममा निन्द्रा किन हराउँछ ? प्रेम‘रक्सी–ड्रग्सभन्दा पनि बढी नशालु […]

Oct 11, 2024 - 08:17
 0
प्रेममा परेपछि व्यक्तिको भोक निन्द्रा हराउँछ !

काठमाडौं । भनिन्छ प्रेममा परेपछि मान्छेको निन्द्रा र शान्ति सबै हराउँछ, न त भोक लाग्छ न त तिर्खा महसुस हुन्छ । व्यक्ति होस गुमाएर आफ्नो प्रेमको बारेमा मात्र सोचिरहन्छ ।

के तपाईंलाई थाहा छ यसको वास्तविक कारण के हो ? यदि छैन भने जानौँ आखिर कसैको प्रेममा निन्द्रा किन हराउँछ ?

प्रेम‘रक्सी–ड्रग्सभन्दा पनि बढी नशालु

प्रेमको असर शरीरमा रक्सी र ड्रग्सको जस्तै हुन्छ । धेरै पटक त यो रक्सी–ड्रग्सभन्दा पनि बढी नशालु हुन्छ । यसको पनि लत लाग्छ । अमेरिकाको न्यू जर्सीको रटगर्स विश्वविद्यालयको अनुसन्धानमा प्रेम र ड्रग्स–रक्सीको नसाबिच सम्बन्ध बताइएको छ ।

अनुसन्धानका अनुसार जब कुनै व्यक्ति ड्रग्स वा रक्सी लिन्छ, तब उसको रगतमा डोपामाइन, अक्सिटोसिन, एड्रेनालिन र भासोप्रेसिन जस्ता धेरै रसायनहरू रिलिज हुन्छ, जसले शरीरमा एक अलग प्रकारको खुसी महसुस गराउँछ । यसैको खोजीमा उ फेरि नशा गर्छ र बिस्तारै उसलाई लत लाग्छ ।

कसैसँग प्रेम हुँदा पनि दिमागमा डोपामाइन र अक्सिटोसिन रिलिज हुन्छ । शरीर र मन यसलाई आनन्दित गर्छ । यसलाई फेरि महसुस गर्नका लागि ऊ आफ्नो प्रेम अर्थात् पार्टनरको नजिक रहन, उसलाई सम्झन र फोनमा कुरा गर्न चाहन्छ । बिस्तारै यसको लत लाग्छ ।

प्रेमको यस नशामा शरीरले अतिरिक्त ऊर्जा उत्पादन गर्छ, जसले गर्दा हाइपर एक्टिव महसुस हुन्छ र निन्द्रा टाढा जान्छ अर्थात् हराउँछ ।

पुरुष वा महिलामा कसको निद्रा बढी हराउँछ ?

एक अनुसन्धानले देखाएको छ कि प्रेममा निन्द्रामा पर्ने असर लिङ्गको आधारमा फरक हुन्छ । प्रेममा परेका महिलाहरूको निन्द्रा पुरुषहरूको तुलनामा बढी प्रभावित हुन्छ । धेरै अवस्थामा यो असर दोब्बर हुन सक्छ ।

ब्रेकअपपछि महिला रातभर जागिरहन्छन् भने पुरुष आरामले सुत्न सक्छन् । यसको कारण महिलाहरू भावनात्मक हुनु र हर्मोन असन्तुलन हो ।

यदि प्रेम नयाँ छ भने यसले रातभर जाग्न बाध्य पार्छ तर जब प्रेम पुरानो, स्थायी र गहिरो हुन्छ, तब यसले निन्द्राको औषधिको जस्तै असर गर्न सक्छ ।

‘युनिभर्सिटी अफ टर्की’ मा ६०० जोडीहरूमा गरिएको अनुसन्धानले देखाएको छ कि प्रेमी साथी हुँदा निन्द्राको गुणस्तर निकै राम्रो हुन्छ । यो आमा र बच्चाको प्रेम जस्तै हुन्छ । जस्तै- आमा नजिक हुँदा बच्चाले आफूलाई सुरक्षित महसुस गर्छ, उसलाई आरामको निन्द्रा लाग्छ, त्यस्तै भावना प्रेमी साथीको साथमा हुन्छ । तब उसको साथी सुरक्षित, आनन्द महसुस गर्छ र उसलाई गहिरो निन्द्रा लाग्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register