प्रधानमन्त्री ओलीले गरे राष्ट्रिय उद्धार यात्रा शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिले मानवता, […]

Oct 12, 2024 - 15:21
 0
प्रधानमन्त्री ओलीले गरे राष्ट्रिय उद्धार यात्रा शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको यात्राको सफलताको कामना गर्दै प्रधानमन्त्रीले मानवता सर्वोच्च धर्म भएकाले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

यात्रा शुभारम्भमा प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा पनि उपस्थित थिए । प्रधानमन्त्री ओलीले अभियानका सहभागीलाई टीका लगाइदिएर शुभयात्राको कामना गरेका थिए ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । सो यात्रा आगामी कातिक २८ गतेसम्म जारी रहनेछ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register