आज यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । अहिले देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । त्यस्तै नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। महाशाखाका अनुसार शनिबार दिउँसोबाट नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको […]

Oct 13, 2024 - 03:53
 0
आज यी स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । अहिले देशका लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । त्यस्तै नेपालको मौसम प्रणालीमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

महाशाखाका अनुसार शनिबार दिउँसोबाट नेपालको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बहिर्गमन भएको छ । पश्चिम तथा मध्य क्षेत्रबाट केही अघि बाहिरिए पनि देशको पूर्वी भेगबाट शनिबार मनसुन बाहिरिने भएको हो ।

अहिले बिहान कोशी, मधेस र बाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

आइतबार दिउँसो मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register