गोली आक्रमणमा परेका ट्रम्पको र्‍याली नजिकै फेरि बन्दुकसहित एकजना पक्राउ

एजेन्सी । चुनावी सभामा गोली प्रहार खेपेका  अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको र्‍याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एकजना पक्राउ परेका छन् । घटना ट्रम्प स्टेजमा चढ्नुभन्दा एक घण्टा अगाडि भएको थियो । क्यालिफोर्नियाको कोचेलामा ४९ वर्षीय भेम मिलरले गाडी चलाएर ट्रम्पको र्‍याली तर्फ जान खोजिरहेका थिए । प्रहरीले […]

Oct 14, 2024 - 03:49
 0
गोली आक्रमणमा परेका ट्रम्पको र्‍याली नजिकै फेरि बन्दुकसहित एकजना पक्राउ

एजेन्सी । चुनावी सभामा गोली प्रहार खेपेका  अमेरिकाका निवर्तमान राष्ट्रपति एवम् आउँदो चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको र्‍याली नजिकैको बन्दुक र लोड गरिएको पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

घटना ट्रम्प स्टेजमा चढ्नुभन्दा एक घण्टा अगाडि भएको थियो ।

क्यालिफोर्नियाको कोचेलामा ४९ वर्षीय भेम मिलरले गाडी चलाएर ट्रम्पको र्‍याली तर्फ जान खोजिरहेका थिए । प्रहरीले सुरक्षा जाँच गर्दा उनको साथबाट दुई वटा हतियार बरामद गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी गोप्य सेवाले ट्रम्प कुनै खतरामा नरहेको भन्दै घटनाले सुरक्षात्मक कार्यमा कुनै असर नगरेको बताएको छ । साथै यस घटनासँग हत्याको प्रयासको कुनै सङ्केत नरहेको सुरक्षा अधिकारीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register