चीनको सैन्य अभ्यासले ताइवान आक्रोशित, निगरानी गर्दै अमेरिका

काठमाडौं । ताइवानको सीमाना क्षेत्रमा चीनले गरेको सैन्य अभ्यासका कारण तनाव उत्पन्न भएको छ । स्वतन्त्रता खोजिरहेको ताइवानका लागि चीनले गरेको सैन्य अभ्यासलाई चेतावनीको रुपमा लिइएको छ । चीनको सैन्य अभ्यासपश्चात ताइवानका राष्ट्रपति विलियम लाइले विज्ञप्ति जारी गर्दै त्यसको प्रतिरोध गर्ने बताएका छन् । विज्ञप्तिमा आफ्नो राष्ट्रको सीमामा सेना र तटरक्षक तैनाथ गरिएको उल्लेख छ […]

Oct 14, 2024 - 09:01
 0
चीनको सैन्य अभ्यासले ताइवान आक्रोशित, निगरानी गर्दै अमेरिका

काठमाडौं । ताइवानको सीमाना क्षेत्रमा चीनले गरेको सैन्य अभ्यासका कारण तनाव उत्पन्न भएको छ । स्वतन्त्रता खोजिरहेको ताइवानका लागि चीनले गरेको सैन्य अभ्यासलाई चेतावनीको रुपमा लिइएको छ ।

चीनको सैन्य अभ्यासपश्चात ताइवानका राष्ट्रपति विलियम लाइले विज्ञप्ति जारी गर्दै त्यसको प्रतिरोध गर्ने बताएका छन् । विज्ञप्तिमा आफ्नो राष्ट्रको सीमामा सेना र तटरक्षक तैनाथ गरिएको उल्लेख छ ।

उनले चीनको सैन्य अभ्यासले क्षेत्री शान्ति र सन्तुलन भंग गर्न खोजेको र छिमेकी राष्ट्रको क्षेत्र जबर्जस्ती अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने लाइले बताएका छन्  ।

गत हप्ता राष्ट्रपति लाइले दिएको भाषणमा उनले चीनको भू-भाग अतिक्रमण गर्ने कार्यको विरोध गर्ने बताएका थिए ।

ताइवानको रक्षा मन्त्रालयले चीनको सैन्य अभ्यास आक्रोशित बनाउन खोजेको बताएको छ । यद्यपि, हवाई तथा बन्दरगाहमा गतिविधि सामान्य रहेको छ ।

साथै, अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले चीनको सैन्य अभ्यास निगरानी गरेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो राष्ट्रबाट छुटिएको प्रान्तको रुपमा लिन्छ भने ताइवानले आफूलाई लोकतान्त्रिक मुलुकसहित आफ्नै राष्ट्र र सेना भएको दाबी गर्दै आएको छ ।

यसै वर्ष राष्ट्रपति लाइले पदभार ग्रहण गरेपश्चात पनि चीनले सैन्य अभ्यास सञ्चालन गरेको थियो ।

चीनले के भन्यो ?

आफ्नो अभ्यासबारे चिनियाँ सेनाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट विज्ञप्ति साझा गरेको छ । त्यो विज्ञप्तिले चीनको दृष्टिकोणबाट अभ्यास किन र कसरी भइरहेको छ भन्ने केही जानकारी पाइन्छ ।

अभ्यासमा स्थल, जल र वायुसेना अनि रकेट फोर्स र अन्यको सहभागिता रहेको जनाइएको छ । त्यसमा चिनियाँ तटरक्षकले पनि भाग लिइरहेका छन् ।

विमान र सैन्य पानीजहाजहरू धेरै दिशाबाट नजिक आएको र संयुक्त आक्रमणको अभ्यासमा सामेल भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

यी अभ्यासहरू लडाइँको तयारी, प्रमुख बन्दरगाहसहितका नाकाहरूमा नाकाबन्दी, समुद्री र स्थल आक्रमण अनि व्यापक नियन्त्रणमा केन्द्रित भएको त्यसमा उल्लेख गरिएको छ ।

चिनियाँ सेनाले आफ्नो अभ्यासलाई पृथकतावादी शक्तिहरूको व्यापक प्रतिरोधक र सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता कायम राख्ने वैध तथा आवश्यक कार्य भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register