बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा  ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो । चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको […]

Oct 14, 2024 - 16:49
 0
बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

हेटौँडा । मकवानपुरको मनहरीमा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा  ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्गमा सो दुर्घटना भएको हो ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइतेहरुको मेडिकल कलेज चितवन र हेटौंडा अस्पतालमा उपचार भई रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register